संगालोखबर संवाददाता

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका जितेर कांग्रेसले दोस्रो चरणको चुनावमा नगरपालिकातर्फ विजयी सुरुवात गरेको छ ।

Advertisement

कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।

बाजुराका ९ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले पाण्डवगुफा र गौमुल गाउँपालिका जितेको छ । कांग्रेसले बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement