गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् ।

Advertisement

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् ।

ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट शनिबार दिउँसो तम्घास आउने कार्यक्रम राखिएको एमाले गुल्मीले जनाएको छ ।

एमाले अध्यक्ष ओलीसहित केन्द्रीय नेता शनिबार दिउँसो हेलिकप्टर मार्फत आउने कार्यक्रम रहेको एमाले गुल्मीले जनाएको छ ।

नगरको मेयर र उपमेयरमा एमालेका दुबै उम्मेदवार बिजयी भएपछि एमालेका कार्यकर्ताले खुसियाली मनाएका छन् । तम्घासमा हुने बृहत सभालाई नगरका बिभिन्न वडाबाट एमालेका कार्यकर्ताहरु तम्घास आउने क्रम जारी छ ।

एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवन प्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

रेसुंगा नगरपालिकाको मेयर पदमा बिजयी बनेका भुसाल २० वर्ष अघि पनि गाविस अध्यक्ष श्रेष्ठकै प्रतिस्प्रर्धी हुन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सीता भण्डारी बिजयी भएकी छन् ।

उनले ७ मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृतादेवि कुवंरलाई पराजित गरेही छन् । भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।

नगरका १४ वडा मध्ये कांगेसले ८ वडामा अध्यक्ष सहित प्यान बिजयी भएको छ भने ६ वटा वडामा एमालेका प्यानलै सहित वडा अध्यक्ष निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!