प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेले बिजय हासिल लगरेको छ । गाउँपालिकमा अध्यक्षमा एमालेका झगवहादुर विश्वकर्मा ३६७७ मत प्राप्त गरि बिजयी भएका छन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दोरवहादुर दर्लामीले २२४१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै मीना सोमई ३६८० मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तुलसा विष्टले १६११ मत प्राप्त गरेकी छन् ।

दोस्रो चरणको स्थानीय तहमा प्रमुख जित्ने झगवहादुर पहिलो दलित हुन् । स्थानीय शरस्वती उच्च माविको सहायक प्राचार्यको जागिर छाडेर चुनावमा उठेका विश्वकर्माले विपक्षीलाई फरालिको मतान्तरमा पराजित गरेका हुन् ।

१२ वर्षको स्थायी जागिर छाडेर उनलाई चुनावमा उतारिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले बताए । विश्वकर्मा एमालेका प्युठान जिल्ला सचिवलाय सदस्य हुन् ।

ग्रामिण विकासमा स्नातकोत्तर गरेका विश्वकर्माले सरुमारानीको अध्यक्ष जितेर प्युठानमा एमालेको बिजयी शुरुवात गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!