मंगलसेन । सत्तारुढ कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अछाम सदरमुकाम मंगलसेनमा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

Advertisement

मेयर पदमा एमालेका पदमबहादुर बोहरा चार हजार छ सय ९१ मत र उपमेयर पदमा सरिता उपाध्याय चारहजार ९ सय ११ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४५५३ मत पाए भने माओवादीका उम्मेदवार रोहिना भाट (भण्डारी) ले तीन हजार ७६ मत पाएकी छन् ।

अछाममा अहिलेसम्म नतिजा आएका स्थानीय तहमध्ये एमालेको यो पहिलो जित हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!