सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शनिवार विहान सार्वजनिक नतिजा अनुसार सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा एमालेका बीरबहादुर राई १ हजार ३ मतले विजयी भएका छन् ।

Advertisement

उपाध्यक्षमा पपिन एमालेकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतले विजयी भएकी छिन् ।

पछिल्लो मतगणनामा पुरै उलि्टएको सोताङ्गको नतिजाअनुसार स्वतन्त्र तर्फका उम्मेद्धार दिपक खड्काले दोश्रो मत ८ सय ७१ ल्याए भने शुरुवाती अग्रता लिएको नेपाली कांग्रेसले तेश्रोमा चित्त बुझाउनु पर्‍यो ।

त्यस्तै दूधकोशी गाउँपालिका अध्यक्षमा एमालेका बुद्धिकिरण राईले २ हजार १९१ मत सहित जित हासिल गरेका छन् । उनका प्रतिद्धन्दी नेपाली कााग्रेसका भोजराज कार्कीले १ हजार ५९९ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी जुनिता मगरले २ हजार २६२ मत प्राप्त गर्दै बिजयी हुँदा कााग्रेसकी उमि्रता राईले १ हजार ६०८ मत ल्याइन् ७ वटा वडा रहेको सो गाउँपालिकाको वडा नं २, ३, ४ र ५ मा नेकपा एमालेले जितेको छ ।

त्यस्तै वडा नं ६ र ७ मा कााग्रेस तथा वडा नं १ मा माओबादी केन्द्रले जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!