संगालोखबर संवाददाता

 दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

Advertisement

अध्यक्षमा एमालेका परमानन्द जोशी २ हजार २ सय ३५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तम नाथले २ हजार १ सय ३५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै माधवी जोशी २ हजार २ सय ३० मतका साथ विजयी भएकी छन् । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी कांग्रेसकी जानकी ओझाले २ हजा १ सय ५० मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रले अध्यक्षमा १ हजार ५७ र उपाध्यक्षमा ७ सय ९७ मत प्राप्त गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement