Sangalo Khabar

काठमाडौं । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । विहान १० बजे मतगणना सम्पन्न भएको नौगाढ गाउँपालिमामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भए ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १८१६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी कांग्रेसका लालमति धामी बोहराले १७७७ मत प्राप्त गरिन् ।

त्यस्तै माओबादी केन्द्रका दलजीतसिँह धामीले १५३३ मत र उपाध्यक्षमा गायत्री रावलले १५१८ मत प्राप्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement