ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नवराज केसीले ३ हजार २४१ मत ल्याएर जित हात पारेका हुन् ।

Advertisement

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरे २ हजार ७९५ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन् ।

कांग्रेसकी निर्मलादेवी रैकाले ३ हजार २४५ मत ल्याएर जित हात परेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले ३ हजार ०११ मत ल्याइन् ।

माओवादीका अध्यक्षका उम्मेदवार खड्गबहादुर कार्कीले १९३९ र उपाध्यक्षकी दावेदार शोभादेवी बोगटीले १ हजार ७१७ ले मत ल्याइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!