संगालोखबर सम्वाददाता

धनकुटा,१८ असार । धनकुटाको साँघुरीगढी गाउँपालिकामा पनि कांग्रेस–संघीय समाजवादी गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका कुमारजंग याखा ४ हजार ४ सय ४९ मतसहित साँघुरीगढीको अध्यक्षमा बिजयी भएका हुन ।

उनका निकतटम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन । १ हजार १ सय १६ मतान्तरले एमाले उम्मेदवार याखा अध्यक्षमा निर्वाचित भएका हुन ।

Advertisement

यता उपाध्यक्षमा पनि एमाले उम्मेदवार बिन्द्रा राई बिजयी भएकी छन । उनले ४ हजार २ सय ९ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी काग्रेस–संघीय गठबन्धनका तर्फबाट संघीयका उम्मेदवार बलबहादुर राईले २ हजार २ सय ६० मत ल्याएका छन ।

१ हजार ९ सय ४९ मतान्तरले एमालेले उपाध्यक्ष जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!