बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा नेकपा एमालेले विजय हात पारेको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बोहोरा २ हजार ७ सय ११ मतका साथ विजयी भएका छन् ।

Advertisement

बोहोराका निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर खड्काले २ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै जानकी बोहोरा २ हजार ८ सय २५ मत सहित विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमला जोशीले २ हजार ३ सय ३० मत प्राप्त गरेकी छन् ।

बझाङका १२ स्थानीय तहमध्ये हालसम्म ५ गाउँपालिकाको मतगणना सकिएको छ । जसमध्ये ४ गाउँपालिका एमालेले जितेको छ भने एउटामा कांग्रेसले जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!