संगालोखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement

उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित १ हजार ९ सय मत प्राप्त गरि बिजयी भएकी छन् ।

अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्त गरेकी छन् ।

मैवाखोला गाउँपालिकाको ६ वटै वडामा एमाले नै विजयी बनेको निर्वाचन अधिकृत खडानन्द पराजुलीले जानकारी दिए ।

वडा नं १ मा दुर्गा तामाङ, २ मा सुरेन्द्र लिम्बु, ३ माथर्ककुमार लिम्बु, ४ पूर्णहाङ लिम्बु, ५ माकुलबहादुर लिम्बु र ६ मा विष्डाुप्रसाद नेयोङ विजयी भएका छन् ।

मैवाखोला एमालेका तत्कालीन महासचिव स्वर्गीय जननेता मदनकुमार भण्डारीको जन्मस्थल हो ।

एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई पनि यहि गाउँपालिकाका बासिन्दा हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement