धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ
धनकुटा । धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक-फरक तीन वटा गाँजा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका-६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् ।
उनलाई बुधबार साँझ करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
फरार अभियुक्त निय...






























