सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेका ताराकुमार कार्कीको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।

Advertisement

हाल कार्की काठामाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । उनको टाउकोको ट्युमर अप्रेसन गरिएको र हाल चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ ।

चिकित्सकको सल्लाह अनुसार पुनः अप्रेसन गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण थप समस्या भएको श्रीमती सविता कार्कीले बताइन् । यस अगाडि विराटनगरमा एक महिना भन्दा बढी उपचार गराएर काठमाडौं लगिएको उनको भनाइ छ ।

‘लामो समय अस्पताल बस्नुपर्दा खर्चको अभाव हुँदै गएको छ । अझै कति बस्नुपर्ने हो टुङ्गो छैन’, उनले भनिन्, ‘थप उपचारका लागि आर्थिक अभाव हुन थालेको छ । त्यसैले सहयोगको अपिल गरेका हौँ ।’

सविताका अनुसार अहिलेसम्म उपचारका क्रममा १२ लाख खर्च भइसकेको छ । अब खर्च धान्न धौ-धौ भइसकेको भन्दै उनले आफ्नो नाममा रहेको एनआईसी बैंकको खाता नम्बर ३३०५७५१६४६०११००१ मा सहयोग गरिदिन अपिल गरेकी छिन् । उनको सम्पर्क नम्बर ९८२७०५५८३७ रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!