विराटनगर । विपद् पूर्वअभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा बेपत्ता अर्का गोताखोरको पनि शव फेला परेको छ । कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरज साउदको शव फेला परेको प्रहरीले जनाएको छ ।
कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर टोलीले उनको शव फेला पारेको हो ।
जेठ २२ गते पूर्वअभ्यासको क्रममा साउदसँगै अर्का गोताखोर हरदेव सिंह राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव भने बेपत्ता भएको भोलिपल्ट फेला परेको थियो ।