सन्तोष सुवेदी/संगालोखबर

धनकुटा  । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेलाई हराउन गठबन्धनका लागि फलामको चिउरा चपाउनु सरह हुने टिप्पणी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनकुटा आइपुगेका नेता गौतमले शनिवार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

Advertisement

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँगको प्रतिष्पर्धा गठबन्धनका लागि फलामको चिउरा बराबर हुने उनको टिप्पणी छ । कुनैपनि दल एमालेसँग एक्ला एक्लै प्रतिष्पर्धा गर्न नसकेर गठबन्धन गरिएको भन्दै नेता गौतमले गठबन्धन गरेपनि एमालेलाई केही फरक नपर्ने बताए । आगामी निर्वाचनबाट पनि एमाले सबैभन्दा ठूलो पार्टी बन्ने नेता गौतमको दावी छ ।

नेता गौतमले आगामी चुनावमा एमालेसँग मिल्न आउँनेहरुका लागि बाटो खुल्ला रहेको बताए । उनले नागरिकता सम्बन्धी विधेयक जवरजस्त ढंगले अघि बढाइएको भन्दै यो विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने तर्क पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!