- संगालोखबर सम्वाददाता

विराटनगर । जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिको अध्यक्षमा कुमारमणी जमरकट्टेल निर्वाचित भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा शनिवार सम्पन्न ९ औं वार्षिक साधारण सभाले कुमारमणीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल निर्वाचित भएका छन् । महासचिवमा उदयप्रसाद तथा सचिवमा रबिन र डिल्लीराम जमरकट्टेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकाराम जमरकट्टेल निर्वाचित भए । समितिको सदस्यमा लोकनाथ, चिनमाया, एकराज, ख्यामराज, शेषकुमार, घट्टराज, गणराज, कोपिला र कविता जमरकट्टेल चयन भएका छन् ।

२३ सदस्यीय बन्ने सो कार्यसमितिका बाँकी पाँच सदस्य नव निर्वाचित कार्यसमितिको बैठकले चयन गर्ने प्रतिष्ठानले जनाएको छ । समितिले जमरकट्टेलहरुबीच एकता र सहयोग आदान-प्रदानमा जोड दिदैँ आपसी बन्धुत्वको भावना विकासमा भूमिका निर्वाह गर्नेछ । यसैबीच, निवर्तमान महासचिव थिरप्रसादले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष दिब्यराजले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा मोरङको कानेपोखरी-३ निवासी ९० वर्षीया धनकुमारी जमरकट्टेललाई ज्येष्ठताको आधारमा दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मानित पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!