- संगालोखबर सम्वाददाता

बिराटनगर । भारतवाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामाग्री प्रहरीले गएराती विराटनगरवाट नियन्त्रणमा लिएको छ । ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा गएराती करिब ८ बजे बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

Advertisement

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३८ ए ३२८७ नम्बरको ट्रयाक्टरमा सामान फेला परेको हो ।

सो ट्याक्टरमा करिब १२ लाख मूल्य बराबरको कपडा, जुत्ता लगायत सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भन्सार छलेर ल्याइएको अबैध सामाग्री बरामद भएपछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!