संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट विशेषज्ञ डाक्टरहरूको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

Advertisement

डा.शर्माको योजना अनरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना वृद्धवृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । वृद्धवृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरूको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना वृद्धवृद्धाको मुटुको जाँच इको गरिएको छ ।

जसमध्ये ५५ जना वृद्धवृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरूलाई बुधबार नोबेल अस्पताल ल्याइने नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरूलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइएको छ । डा.शर्माले वृद्धवृद्धालाई अस्पताल ल्याउँने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइदिएका हुन् ।

समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मा बेलवारी निवासी हुन् । उनले बेलबारीसहित छिमेकी पालिकाहरू सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका बिरामीहरूलाई वर्षौ अघिदेखि निःशुल्क एवं विशेष छुटमा उपचार गराउँदै आएका छन् । गाउँगाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिदै आएको छ । डा.शर्माले अहिले सो क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!