- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पाँच किलो गाँजासहित साँगुरीगढी गाउँपालिका–९ हर्दियाका २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मुलघाट प्रहरी चौकीबाट शुक्रवार साँझ करिव ७ बजे खटिएको चेकिङ्ग टोलीले राईलाई नियन्त्रणमा लिएको हो । उनी प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलमा धनकुटाबाट धरानतर्फ जाँदै थिए । सोही क्रममा शंका लागेर खानतलासी गर्दा उनको झोलाभित्र गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

गाँजा फेला परेपछि मोटरसाइकलसहित राईलाई पक्राउ गरेर उनको कारोबारका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!