- संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

बैठकले ५, ६ र ७ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले ६ भदौ सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३औं दिन १६ भदौसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ भदौसम्म केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!