- संगालोखबर सम्वाददाता

बिराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिएको छ । तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरवाट अपरान्ह करिब ४ बजेबाट रथयात्रा सुरु भएको हो । २२ फिट लम्वाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथलाई विराटनगर बजारको परिक्रमा गराइदैछ ।

Advertisement

तीनपैनीवाट मेनरोड–रोडशेष–महेन्द्र चोक–बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा आएर रथयात्रा समापन हुँनेछ । करिब ९ किलोमिटरको यात्रा पुरा गर्न झण्डै चार घण्टा लाग्ने रथयात्रा मुल समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । ‘पहिले ट्राफिक चोकवाट महेन्द्रचोक सिधै निस्किदा अलिक छोटो पर्थ्यो, अहिले त्यो बाटोमा नयाँ संरचना निर्माण भइरहेकाले त्यहाँबाट जान नसक्ने हुँदा बाटो लम्बिएको छ,’ उपाध्यक्ष राठीले संगालोखबरसँग भने, ‘रथयात्रा ९ किलोमिटर हुँने भएकाले चार घण्टा जति लाग्ने अुनमान गरेका छौ ।’

रथयात्रामा हजारौं मानिस सहभागि छन् । विराटनगरसहित आसपासका जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि भक्तजन रथयात्रामा आएका छन् । हरेक बर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ । विस १९८९ सालबाट सुरु गरिएको खट यात्रालाई २०२५ सालयता रथयात्रामा परिणत गरिएको हो ।

दक्षिण एसियाकै दोस्रो ठूलो दावी गरिने रथयात्राको यो ५४ औँ संस्करण हो । कोरोना महामारीका कारण गत दुई बर्ष भने रथयात्रा प्रभावित बन्यो । त्यो बेला रथ यात्राको सट्टा खट यात्रा निकालिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!