- संगालोखबर सम्वाददाता

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

Advertisement

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबस गुडिरहेका बेला पछाडिको टायर पड्किएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी झापाको कन्काई नगरपालिका–८ की ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी ओली गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । दुर्घटनामा माइक्रो चालक झापाको बिर्तामोड नगरपालिका–४ का दुर्गाबहादुर मगरसहित १३ जना घाइते भएका हुन् । स्थानीय अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!