प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्...
नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्...
अटेर गर्ने कम्पनीको तार काट्न मेयर कोइरालाको निर्देशन

अटेर गर्ने कम्पनीको तार काट्न मेयर कोइरालाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले केवल तथा नेटको तार व्यवस्थापनको काममा कडाइ गर्ने भएको छ । केवल तथा नेट व्यवसायीहरूलाई सोमबार बोलाएर महानगरले तारको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीबारदेखि बजार क्षेत्रको तार व्यवस्थापनको कामलाई तिव्रता दिने महानगरको तयारी छ । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन थालिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले सम्बन्धित शाखालाई निर्देश...
धनकुटाको डाँडागाउँमा बाली उपचार शिविर

धनकुटाको डाँडागाउँमा बाली उपचार शिविर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा सोमबार वाली उपचार शिविर आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका कृषि शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र धनकुटाले एक दिने शिविर गरेको हो । शिविरमा डाँडागाउँ क्षेत्रका ४० भन्दा बढी कृषकहरूले रोग तथा कीरा लागेका बिरुवाको नमूना परिक्षण गराएका छन् । परीक्षणमा काउली बन्दागोभीमा क्लब रुट (जरा गाँठो हुने) रोग साथै सुन्तला जातका फलफूलमा किराको ...
मन्त्री पद खुस्किएपछि मोटरसाइकल चढेर घर फर्किए कार्की

मन्त्री पद खुस्किएपछि मोटरसाइकल चढेर घर फर्किए कार्की

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी सोमबार बिदा भएका छन् । कार्कीको विदाइका लागि मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । जनताले दिएको म्यान्डेडअनुसार सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको उनले बताए । विदाई कार्यक्रममा मन्त्री कार्कीले पनि कर्मचारीहरुलाई माय...
भोजपुरमा कटुवा पेस्तोल देखाएर मान्छे धम्क्याउने एक जना पक्राउ

भोजपुरमा कटुवा पेस्तोल देखाएर मान्छे धम्क्याउने एक जना पक्राउ

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ बाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६७ बर्षीय कुमार चाम्लिङ छन् । आइतबार अपरान्ह ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाएर स्थानीयलाई धाकधम्कि दिएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाम्लिङले स्थानीयलाई धम्क्याएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको नेतृत्वमा प्रहरी टोली ...
धनकुटाको बेल्टारमा जिप दुर्घटना हुँदा ११ जना घाइते

धनकुटाको बेल्टारमा जिप दुर्घटना हुँदा ११ जना घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित बेल्टारमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाबाट धरान जाँदै गरेको को १ ज २२७५ नम्बरको जिप बिहान करिब ११ बजे पल्टिएको हो । दुर्घटनाका घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइते ७ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ४ जनालाई धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ...
धनकुटाको मुढेवासका ५५ परिवारले पाए लालपूर्जा

धनकुटाको मुढेवासका ५५ परिवारले पाए लालपूर्जा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेबासका ५५ परिवारलाई लालपूर्जा दिइएको छ । नापी कार्यालयले मुढेवासमा कार्यक्रम गरेर लालपूर्जा वितरण गरेको हो । कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, नापी कार्यालयका प्रमुख मिथिलेश यादव, भूमि आयोगका अध्यक्ष बलबहादुर राई लगायतले लालपूर्जा वितरण गरेका छन् । वि.स.२०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु ल...
पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँका दरले घटाएको हो । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । मूल्य घटेपछि अब पेट्रोल प्रति लिटर १७५ रुपैयाँमा आउनेछ । डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । हवाई इन्धन पनि आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीस्थित कोशी राजमार्गबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र १–०२–०४१ प २९८८ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–४ का २२ बर्षीय सुजन भण्डारी र १९ बर्षीय सबल कुमार घिमिरेको साथमा लागुऔषध नाइट्रोजेपाम र फेनारगन फेला परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकलको पछाडि सवार घिमिरेले बोकेको ...
विराटनगरमा सवारी पार्किङ स्थल र शुल्क तोकियो

विराटनगरमा सवारी पार्किङ स्थल र शुल्क तोकियो

विराटनगर । विराटनगरमा सवारी पार्किङ स्थान र पार्किङ शुल्क निर्धारण गरिएको छ । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई बुझाएको प्रतिवेदनलाई आधार मानेर पार्किङ स्थान र शुल्क  निर्धारण गरिएको हो । महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्की र महानगरको राजस्व महाशाखाका अधिकृत सुशील दाहाल सदस्य रहने गरी महानगरले गत...
एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्की झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पनि सोही...
एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश १ का ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नेता कार्कीले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सिमा सकिनु अगावै कार्कीले झण्डै दुई तिहाइ सांसदको समर्थनमा दाव...
अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

काठमाडौं । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ । तनहुँको दमौली घर भएका ५३ वर्षीय भेषराज लामिछानेको हत्या भएको हो । कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक लामिछानेको करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका थिए । बिहीबार राती साढे आठ बजे एक बन्दुकधारीले गोली चलाउँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो । हत्यामा संलग्न २६ वर्षीय स्वानाथन डि एन्जेलालाई प्रहरीले अर्कै राज्यबाट शु...
अब सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने

अब सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने

काठमाडौं । काठमाडौंबाट मात्र दिइदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति आइतबारदेखि सातवटै प्रदेशबाट पनि दिइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेश स्तरबाट पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि त्यहाँबाट पुनः श्रम स्वीकृति मात्रै ह...
नवोदितद्वारा प्रेस युनियनको प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा

नवोदितद्वारा प्रेस युनियनको प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा

विराटनगर । प्रेस युनियन मोरङका पूर्वअध्यक्ष मीनकुमार नवोदित (श्रेष्ठ) ले युनियनको प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । विराटनगरमा भएको प्रेस युनियन आबद्ध पत्रकारहरूको भेलामा नवोदितले आसन्न प्रदेश अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कारोबार दैनिकका प्रदेश-१ संयोजकसमेत रहेका नवोदित मकालु टेलिभिजनमा सहसम्पादकका रुपमा कार्यरत छन् । पत्रकारितासँगै साहित्यिक क्षेत्रमा प...
पण्डित घनश्याम पोखरेल स्मृतिग्रन्थ लोकार्पण

पण्डित घनश्याम पोखरेल स्मृतिग्रन्थ लोकार्पण

विराटनगर । पूर्वी क्षेत्रमा रही अध्यात्म एवं तपस्या तथा ज्ञानको साधनामा सक्रिय घनश्याम पोखरेलको स्मृतिग्रन्थ लोकार्पण भएको छ । पोखरेलको आदर्श जीवनचरित्र तथा प्रेरणादायी व्यक्तित्वलाई प्रकट गर्ने उद्देश्यले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृतिग्रन्थ’ प्रकाशित भएको हो । प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले शनिवार स्मृतिग्रन्थ लोकार्पण गरेका हुन् । श्री घनश्याम पोखरेल स्मृति प्रतिष्ठानद्वारा आयोजि...
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने

काठमाडौं । कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने भएको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा पुस १६ गते भएको आगलागीमा परी पाण्डेको मृत्यु भएको थियो । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको परिवारलाई उनको शव जति सक्दो चा...
इटहरीबाट स्कुटर चोर्ने एक जना पक्राउ

इटहरीबाट स्कुटर चोर्ने एक जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपलिका–१३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको वर्दिवास नगरपालिका–२ का ३० वर्षीय राम दुलार महतो छन् । बुधबार बेलुका इटहरी–१३ बाट रोशन चौधरीको घर अगाडि पार्किङ गरेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी भएको थियो । स्कुटर चोरेर लैजादै गरेको अवस्थामा महतोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महतोको विषयमा थप अनुसन्ध...
आजदेखि श्री स्वस्थानी व्रत सुरु

आजदेखि श्री स्वस्थानी व्रत सुरु

काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी कथा अनुसार सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा स्वस्थानी...
साँगुरीगढीका २५ परिवारलाई दिइयो गरिब परिचयपत्र

साँगुरीगढीका २५ परिवारलाई दिइयो गरिब परिचयपत्र

धनकुटा । साँगुरीगढी गाउँपालिकाले २५ घरपरिवारलाई गरिब परिचय पत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको कार्यक्रम अनुसार साँगुरीगढी वडा नं.–७ मा गरिब परिचयपत्र वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोज ठाकुर, वडाध्यक्ष पूर्णप्रशाद राई लगायतले संयुक्त रुपमा परिचय पत्र वितरण गरेका छन् । परिच...
वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि वडा कार्यालयमा तालाबन्दी

वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि वडा कार्यालयमा तालाबन्दी

धनकुटा । नागरिकताको सिफारिस दिन वडाध्यक्षले नमानेपछि महालक्ष्मी नगरपालिका वडा नं.७ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । अदालतको आदेशलाई लत्याउँदै वडाध्यक्ष नेत्रबहादुर अधिकारीले नागरिकताको सिफारिस नदिएको भन्दै वडा कार्यकालमा ताला लगाइएको हो । महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारी नागरिकता बनाउँन २०७४ सालमा सिफारिसका लागि वडा कार्यालय आएका थिए । तर, वडा कार्यालयले सिफारिस नदिएपछि उनले अदालतमा मु...
झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा नंम्बर १ र ९ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाँउपालिका–४ घर भई हाल दमक–१ कुमाल चोक बस्ने ३९ वर्षीय धनराज आले र दमक–९ की २३ वर्षीया अनिशा कार्की छन् । बुधबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक आलेलाई चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथबाट ८ सय म...
सुनसरीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला

सुनसरीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । कोसी–२ का १६ वर्षीय रञ्जितकुमार यादवको हत्या भएको हो । बुधबार उनको शव गाउँ नजिकैको आलु खेतमा आधा गाडिएको अवस्थामा फेला परेको थियो । उनी मंगलबार दिउँसो घरबाट लौकही गएदेखि हराइरहेका थिए । बुधबार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । मृतकको शरीरमा घाउचोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हु...
छोरा र ज्वाइँको योजनामा सुटर लगाएर बुवाको हत्या

छोरा र ज्वाइँको योजनामा सुटर लगाएर बुवाको हत्या

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा छोरा र ज्वाइँको योजनामा बुबाको हत्या भएको खुलेको छ । स्थानीय ४० वर्षीय धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस ९ गते आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट दासको हत्या भएको थियो । हत्या आरोपमा उनका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको छ ...
पाँचथरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु

पाँचथरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ स्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान राती साढे १ बजे स्थानीय मेखबहादुर गुरुङको घरमा आगलागी भएको हो । आगलागीमा मेखबहादरुकी छोरी २२ वर्षीया ममता र बुहारी २३ वर्षीया आसाङसिंह थेवेको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ढुङ्गा र माटोले बनेको ३ तले कच्ची घरमा अचानक आगलागी भएको थियो । घटनाको जानकारी पाएपछि प...
धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने 

धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने 

धनकुटा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनकुटा महोत्सव उद्घाटन गर्ने भएका छन् । माघ ६ देखि १६ गतेसम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने भएका हुन् । उद्योग वाणिज्य संघ धनकुटाले टुँडिखेलमा पाँचौ धनकुटा महोत्सव गर्न लागेको हो । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गर्न आयोजक उद्योग वाणिज्...
संखुवासभामा करेन्ट लाग्दा एक युवाको मृत्यु

संखुवासभामा करेन्ट लाग्दा एक युवाको मृत्यु

संखुवासभा । संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–९ त्रिशुलेका २९ वर्षीय शिव कुमार भण्डारी छन् । सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा रहेको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा भण्डारी घाइते भएका थिए । उपचारका लागि चैनपुर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
गाउँपालिका अध्यक्षलाई लागूऔषध मुद्दामा साढे ३ वर्ष कैद सजाय

गाउँपालिका अध्यक्षलाई लागूऔषध मुद्दामा साढे ३ वर्ष कैद सजाय

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा तीन वर्ष ६ महिना कैद फैसला भएको छ । अध्यक्ष घर्तीमाथि लागेको लागूऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष ट महिना कैद सहित  ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ ...
भेडेटार फुड फेस्टिभलमा आए १० हजार पर्यटक

भेडेटार फुड फेस्टिभलमा आए १० हजार पर्यटक

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित दशौँ खाना महोत्सवमा दश हजार भन्दा बढी पर्यटक आएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसिएसन भेडेटारले तीन दिने ‘फुड फेस्टिभल’ अर्थात खाना महोत्सव गरेको हो । शनिबारबाट सुरु भएर सोमबार सकिएको महोत्सवमा आन्तरिक तथा बाह्य १० हजार पर्यटक आएको होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेनले जानकारी दिइन् । फेस्टिभलमा नेपालका बिभिन्न जिल्ला...
विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न

विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगरमा सोमबार कार्यक्रम आयोजना गरी शिविरको समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । योगले स्वास्थ्य जीवन व्यतीत गर्न सहयोग पुग्ने भन्दै उनले १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको ब...
error: Content is protected !!