झापाको सताक्षीधाम मन्दिरको दानपेटिका चोरी
झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो ।
सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ । दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे त...































