संगालोखबर
सांकेतिक तस्वीर

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो।

Advertisement

प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई तत्काल उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!