संगालोखबर

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् ।

Advertisement

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए ।

उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद वोर्डले प्रयास गरिरहेको दाबी गरे । कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलाडीहरुलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’

त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरु हिंसामा बढ्न थालेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा हुने खेलकुद बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!