संगालोखबर

विराटनगर । मनसुनी वायुको प्रभावले कोशी प्रदेशका केही क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि कोशीका कतिपय स्थानमा वर्षा हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा हल्का अनि कतैकतै भारी वर्षा हुने अनुमान गरिएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विभिनन क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सावधानी अपनाउन महाशाखाले भनेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!