संगालोखबर
पाँचथर जिल्ला अस्पताल । फाइल तस्वीर

पाँचथर । सामूहिक कुटपिटबाट पाँचथर सदरमुकाम फिदिमका एक युवकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ मा गएराति युवकहरुको समूहले ३७ वर्षीय दिनेश राईसहित चारजनालाई कुटपिट गरेको थियो ।

गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय धनकुमार राईको घरमा धामी बोलाएर ‘चिन्ता’ राख्ने कार्यक्रम हेर्न पुगेका उनीहरुमाथि कुटपिट भएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार गएराति धनकुमारको घरमा ‘चिन्ता’ बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विकलाई २० जनाको समूहले कुटपिट गरेको थियो । के कारणले उनीहरुबीच झगडा भयो भन्नेबारे प्रहरीले सोधखोज गरिरहेको छ ।

कुटपिटबाट घाइते भएका ध्रुवको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अरु दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् । घटनालगत्तै कुटपिटमा संलग्न युवाहरू फरार भएका छन् । उनीहरुको खोजीसहित घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!