संगालोखबर
शोकाकूल परिवारलाई सान्त्वना दिंदै आफन्त र गाउँले ।

जनकपुरधाम । नुहाउने क्रममा धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर आज १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन् । पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!