संगालोखबर

सुनसरी । केही दिनयताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने भइरहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रमसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ ।

Advertisement

सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ । कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकाय सतर्क अवस्थामा बसेको जनाइएको छ ।

यसैक्रममा दुवै जिल्लाका प्रशासन तथा सुरक्षा निकायको उपस्थितिमा छलफल गरिएको छ । पूर्वतयारीका क्रममा सावधानी अपनाउनेबारे छलफल गरिएको हो । सुनसरी प्रशासनले कोशी नदीमा डुंगा चलाउन र माछा मार्न रोक लगाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बाढीसँगै कोशीमा पानीको बहाव बढ्ने घट्ने भइरहेकाले जोखिम हुने अवस्थामा डुंगा चलाउन र माछा मार्न रोक लगाइएको बताए । कोशी ब्यारेजमा केही दिनयता मापन गरिएअनुसार दुई लाख क्युसेकसम्म पानीको बहाव देखिएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये आवश्यकताअनुसार ढोका खोल्ने गरिएको छ ।

पहाडी क्षेत्र तथा सुनसरीको उत्तरी क्षेत्रमा पनि केही दिनयता वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव बढिरहेको । नदी तटीय क्षेत्रका बासिन्दालाई सुनसरी र सप्तरी दुवै जिल्लाका प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!