संगालोखबर

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ ।

Advertisement

संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ ।

उक्त प्रतिवेदन रक्सी र लागुऔषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवनले निम्तने विकारको उपचारबारे २०१९ को तथ्यांकमा आधारित रहेको जनाइएको छ । प्रतिवेदनका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतमा बाँचिरहेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘मादक पदार्थको सेवनले व्यक्तिगत स्वास्थ्यमा गम्भीर रूपमा क्षति पुर्याउँछ । यसले पुराना रोग, मानसिक रोगको अवस्था बिगार्ने जोखिम त छ नै लाखौँ मानिसको मृत्यु पनि भइरहेको छ । जसलाई रोक्न सकिन्छ । यसले परिवार र समुदायमा ठूलो बोझ थोपर्छ, दुर्घटना, चोट र हिंसाको जोखिम पनि बढाउँछ ।’

स्वस्थ, अधिक समतामूलक समाज बनाउने हो भने तत्कालै मदिरा सेवन गर्दा हुन सक्ने नकारात्मक स्वास्थ्य र सामाजिक परिणामहरू कम गर्ने र लागूऔषध सेवनका कारण हुने विकारको उपचारलाई सुलभ र किफायती बनाउने खालका साहसिक कार्य गर्न हामीहरू प्रतिबद्ध हुनु पर्ने जनाइएको छ ।

सन् २०१० मा विश्वको प्रतिव्यक्ति रक्सी खपत ५ दशमलव ७ लिटर थियो । २०१९ मा यो घटेर साढे ५ प्रतिशतमा आएको जनाइएको छ । समीक्षा अवधिमा प्रतिव्यक्ति खपत सबैभन्दा धेरै युरोपमा ९ दशमलव २ लिटर र अमेरिकी क्षेत्रमा साढे ७ लिटर रहेको छ ।

रक्सी सेवनका कारण सबैभन्दा धेरै मृत्यु युरोपेली क्षेत्र र अफ्रिकी क्षेत्रमा पाइएको छ । प्रतिलिटर मदिरा सेवन गर्दा हुने मृत्युदर न्यून आय भएका देशहरूमा सबैभन्दा बढी र उच्च आय भएका देशहरूमा सबैभन्दा कम रहेको संगठनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!