संगालोखबर


खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।

Advertisement

बलात्कार घटनाको विरोधमा एकजुट हुँदै बालबालिकाले प्रदर्शन गरेका हुन् । वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको नेतृत्वमा दिक्तेलको भवन गैराबाट सुरु गरेको जुलुस दिक्तेल बजार परिक्रममा गर्दै किरातचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

बलात्कार घटनामा संलग्न शिक्षक घिमिरेलाई असार १५ गते पक्राउ गरिएको थियो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!