संगालोखबर

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ ।

Advertisement

यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन जडानको काम गरिरहेको छ ।

गत महिना निन्दा र बिरिङ खोला क्षेत्रमा दुईवटा साइरन जडान गरिएको थियो । यसअघि झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!