संगालोखबर

 

Advertisement

झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको थियो । मियाँलाई उपस्थित गराइ जिल्ला अदालतबाट म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीका प्रवक्ता कृष्ण चन्दले संगालोखबरलाई जानकारी दिए ।

विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!