संगालोखबर

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित पैया खोला तर्ने क्रममा बगेर मंगलबार अपराह्न ती शिक्षकको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार मृत्यु हुनेमा खुम्बु पासाङल्हामु–५ स्थित हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत् शिक्षक माप्यदुधकोशी–२ का ३६ वर्षीय राजु राई छन् ।

खोला तर्ने क्रममा शिक्षक बगेको भन्ने जानकारी पाएपछि पुगेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बगेको स्थानभन्दा केही तल ढुङगामा च्यापिएको अवस्थामा उनलाई मृत फेला पारेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!