इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा खोटाङका राईको मृत्यु
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय देवान राई छन् ।
प्रहरीका अनुसार उनी इटहरीमा डेरा गरेर बस्दै आएका थिए । उनले बुधबार राति आफू बस्दै आएको घरबाट करिब ५० मिटर टाढा रहेको खेतमा करेन्ट लगाएर माछा मार्न खोजेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट ला...






























