सहिदभूमिमा स्कुलबाट फर्किने क्रममा भीरबाट लड्दा बालिकाको मृत्यु
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ । सहिदभूमि-३ स्थित च्याब्रुङ भीरबाट लड्दा स्थानीय रेगन राईकी छोरी ५ वर्षीया अनुष्काको मृत्यु भएको हो ।
अनुष्का, सहिदभूमि-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । शनिवार अपरान्ह करिब ५ बजे स्कुलबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर उनी भीरबाट खसेकी हुन् । सहिदभूमिमा शनिवार पनि स्कुल लाग्ने गरेको छ, ...




























