सुनसरीमा १३ वर्षीया नाबालिकामाथि कुटपिट गर्ने तीन जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ मा १३ वर्षीया नाबालिकामाथि भएको निर्घात कुटपिट घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
चैत १२ गते पुनर्वास क्षेत्रको बाइसबिघे जंगलमा नाबालिकामाथि कुटपिट गरिएको भिडियो बाहिरिएको थियो । भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अनुसन्धा...




























