प्रदेशस्तरीय भारोत्तोलनः मोरङ, झापा र उदयपुरको वर्चस्व
विराटनगर । कोशी प्रदेशस्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता आज सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलोपटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८...





























