लागूऔषधविरुद्धको महाअभियान : धनकुटाका तीनसहित १३ जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत परिचालित प्रहरी टोलीले १३ जनालाई पक्राउ गरेको छ । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको अभियान अन्तरगत कोशीका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
मनोपरामर्श र जनचेतना प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की ...































