
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको निवासमा छापा नहानेको मोरङ प्रहरीले दाबी गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै मोरङ प्रहरीले प्रहरीको छापा शीर्षकमा विभिन्न संचारमाध्यमहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
असार १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी विराटनगर महानगरपालिका स्थित पुष्पलाल चोक आसपासको एरियामा लुकिछिपी रहेको विशेष सूचनाको आधारमा खोजतलास गर्न प्रहरी टोली गएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रहरी टोली उक्त एरियामा पुगेको र सोही एरियामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको निवास रहेको प्रहरीले जनाएको छ । ‘माननीय मन्त्रीज्यूको निवासमा प्रहरीद्वारा खानतलासी नगरिएको र नभएको व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

संगालोखबर 


















