संगालोखबर
तस्बिर : एआईको सहयोगमा

सुनसरी । सुनसरीको इटहरी-१७ पकलीबाट ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित सासु र बुहारी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

Advertisement

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । खानतलासीका क्रममा कपडाको झोलाभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध फेला परेको हो । झोलाबाट २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!