संगालोखबर


विराटनगर । विराटनगरले तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा बेलबारीलाई पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा सम्पन्न फाइनल खेलमा विराटनगरले बेलबारीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

मोरङ जिल्लाका ६ टिम सहभागी १ दिने प्रतियोगितामा विराटनगरले उपाधिसँगै मेडल, ट्रफी र २५ हजार नगद प्राप्त गरेको छ । उपविजेता बेलबारीले मेडल, ट्रफी र १५ हजार नगद प्राप्त गरेको छ ।

विजेता र उपविजेता टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारलगायतले पुरस्कार वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!