
धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीकाे देवानगन्ज गाउँपालिका-५ साहेबगन्जका २६ वर्षीय पप्पु भनिने सनिकुमार मण्डल छन् ।
उनलाई आज साँझ ५:४० बजे धनकुटा नगरपालिका-१० पात्लेबाट पक्राउ गरिएकाे धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
प्रहरीले उनकाे साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेकाे छ । उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएकाे छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

संगालोखबर 


















