संगालोखबर

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाको अध्यक्षमा कुमार सापकोटा चयन भएका छन् ।शनिबार सम्पन्न अनेरास्ववियुको २५ औं जिल्ला अधिवेशनले सापकोटालाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

Advertisement

अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ३१ जना नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा विशाल लिम्बु, सुवास छारा र राज धमला चयन भए । त्यसैगरी सचिवमा मुस्कान राई, सह-सचिवमा मदन पौडेल, दिपेश गौतम, डाफे राई, मिना चापागाईँ र कोषाध्यक्षमा सुजन राई चयन भएका छन् ।

सदस्यहरूमा दुर्गा ओझा, सुन्दर कटेल, देवकला घिमिरे, सुदीप राई, प्राप्ति नेपाल, प्रतिशा दाहाल, विद्यान मगर, अस्मिता राई, आरजु राई, गणेश राई, दिवस राई, रूपेन्द्र राई, विजय मल्लिक, युदिन राई, प्रकृति राई, स्मृति राई, लक्ष्मी कटुवाल, पेशल पौडेल, निश्चल मगर, तान्छोहाङ्ग लिम्बू र आसपासै लिम्बु चयन भए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य मुना चापागाईँले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!