संगालोखबर


धनकुटा । धनकुटामा भएको जिल्लास्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा दीप इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । शनिबार हाम्रो बहुमुखी पाठशालाको आयोजनामा भएको प्रतियोगितामा धनकुटा-६ को दीप स्कुल प्रथम भएको हो ।

प्रतियोगितामा धनकुटा नगरपालिका-७ मा रहेको तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय र निजामती आवासीय माध्यमिक विद्यालय तृतीय भए ।

Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको हाम्रो बहुमुखी पाठशाला धनकुटाका अध्यक्ष सरोज भुजेलले जानकारी दिए ।

विजेता तथा सहभागि समूहलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

संस्कृति र परम्परा जोगाउने उद्देश्यले खुल्ला लोकनृत्य प्रतियोगिता आयोजना गरिएको भुजेलले बताए । प्रतियोगिता धनकुटाको चुलिबनमा अवस्थित निजामती आवासीय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जिल्लाका ११ वटा विद्यालय सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!