संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ लिसुम्बुस्थित अलैँची बारी नजिकको खोल्सामा पुरुषको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–६ रमाइलोका अन्दाजी ४० वर्षीय राजकुमार योञ्जनको शव फेला परेको हो ।

बिहीबार स्थानीयवासीले बंगुरका लागि चारो काट्न जाने क्रममा खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको पाख्रीबास-९ की वडाध्यक्ष सम्झना आलेले जानकारी दिइन् ।

‘उहाँको पुरानो घर यँही रहेछ । कहिलेकाँही आउजाउ भइरहने रहेछ’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले संगालोखबरसँग भने, ‘उहाँ ३१ गते साँझ देखा पर्नुभएको भन्ने जानकारी प्राप्त भएको छ ।’

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा तीन/चार दिन अगाडि मृत्यु भएको देखिन्छ । मृतकका आफन्तका अनुसार राजकुमार केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!