संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरमा तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिप हुने भएको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असार ६ गते जाम्बोरे फुटसल कोर्टमा च्याम्पियनसिप हुन लागेको हो ।

मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले च्याम्पियनसिपमा मोरङका ६ वटा टिमहरूको सहभागिता रहने जानकारी दिए । मोरङको सुन्दरहरैंचा, केराबारी, बेलबारी, बुढीगंगा, विराटचोक र विराटनगर सहभागि हुनेछन् ।

Advertisement

विजेतालाई २५ हजार नगद र उपविजेतालाई १५ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । नक-आउट विधिमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल एकै दिन सम्पन्न हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!