विराटनगरमा यसरी उचालिँदैछ घर
विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ ।
‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...































