युवा संघको कार्यक्रममा गाडी तोडफोड
विराटनगर । अस्पताल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ता र पहिचान पक्षधरले झापाको अर्जुनधारामा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रममा गएका गाडी तोडफोड गरेका छन् ।
एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका उनीहरूले पार्किङमा राखिएका गाडीहरू तोडफोड गरेका हुन् । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागि हुन गएका नेता कार्यकर्ताको सात वटा गाडी तोडफोड भएको प्रहरीले जन...































